दफा
जग्गा प्राप्त गर्न सक्ने
(१) राष्ट्रिय वनको सिमाना छुट्याउँदा नेपाल सरकारले त्यस्तो वनको संरक्षणको लागि आवश्यक भएमा सो वनभित्रको वा सो वनको सिमानासँग जोडिएको सार्वजनिक वा कुनै व्यक्तिको निजी जग्गा र सो जग्गामा बनेको घर छाप्रो टहरो तथा अन्य भौतिक संरचना समेत वनको सिमानाभित्र पारी छुट्याउन सक्नेछ ।

(२) उपदफा (१) बमोजिम वनको सिमानाभित्र पारिएको कुनै व्यक्तिको निजी जग्गा र सो जग्गामा बनेको घर छाप्रो टहरो तथा अन्य भौतिक संरचना समेत जग्गा प्राप्ति सम्बन्धी प्रचलित कानून बमोजिम प्राप्त गरी सोको क्षतिपूर्ति वा मुआब्जा दिनु पर्नेछ।

(३) वन सिमानाभित्र परेको जग्गाको प्राप्ति सम्बन्धी अन्य व्यवस्था जग्गा प्राप्ति सम्बन्धी प्रचलित कानून बमोजिम हुनेछ।